२०८३ बैशाख ८
April 21, 2026, Tuesday

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

स्पेन गएर नफर्किएका नेपालीबारे रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली सहभागी स्पेनको कार्यक्रममा सहभागी हुन गएका नेपालीहरु नफर्किएको विषयमा प्रधानमन्त्रीसँग जवाफ माग गरेकी छन् । प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद श्रेष्ठले प्रधानमन्त्रीसँग जवाफ माग गरेकी हुन् ।

‘भ्रष्टाचारीको अनुहार हेर्दिनँ भन्ने सुशासन आयोगका प्रमुखको पनि आज हामी जवाफ चाहन्छौं,’ सांसद श्रेष्ठले भनिन् ।उनले स्पेन प्रकरणले मानव तस्करीको सञ्जाललाई राजनीतिक संरक्षण दिइएको आरोप लगाइन् । उनले २०७८ साल फागुनमा बनेको भिजिट भिसासम्बन्धी अध्ययन प्रतिवेदन अझै सार्वजनिक नगरिएकोप्रति पनि आपत्ति जनाइन् ।उनले २०७८ मा बनेको प्रतिवेदन अहिले गृह मन्त्रालयको कुन कुनामा थन्किएको छ ? भन्दै प्रश्न गरिन् । उनले भिजिट भिसा प्रकरणको अनुसन्धानका लागि संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग गठनको माग पनि गरिन् । उनले सुशासन आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्पेन प्रकरणबारे स्पष्टीकरण दिनुपर्ने माग दोहोर्‍याइन् ।

कोभिड पछिको समयमा दुबईमा नेपालीहरू भिजिट भिसामा बिचल्ली परेपछि गठित त्यो कार्यदल र अहिलेको कार्य दलमा केही फरक नभएकाले  संसदीय छानबिन समिति मागेको श्रेष्ठले दाबी गरिन् ।

केही दिनअघि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडिओ काण्ड बाहिरिएको थियो । उक्त अडिओमा भूमिमन्त्रीको नाम पनि पटक–पटक लिइएको छ । उनले मन्त्रीको घुस काण्डमा भनिएका ‘बा’ को हुन् भन्दै प्रश्न गरिन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP