२०८२ फाल्गुन २९
March 13, 2026, Friday

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाखको बजेट ल्याउने

काठमाडौं महानगरले २५ अर्ब ११ करोड ४३ लाखको बजेट ल्याउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको छ। शुक्रबार बसेको स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठकले खर्च र आम्दानीको आधारमा आगामी वर्षको लागि सीमा निर्धारण गरेको हो।

सो क्रममा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ११ करोड ४३ लाख रुपैयाँको बजेट ल्याउने भएको महानगरका सहप्रवक्ता ध्रुव काफ्लेले जानकारी दिए।

उनका अनुसार आगामी वर्षका लागि सबैभन्दा धेरै बजेट भौतिक तथा पूर्वाधार क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

पूर्वाधारका लागि ५१ प्रतिशत, शिक्षा स्वास्थ्य तथा सामाजिक क्षेत्रका लागि २० प्रतिशत र बाँकी अन्य क्षेत्रका लागि छुट्याउन सिफारिस गरेको छ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ असार २७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०८२ असार २७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०८२ असार २७

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP