२०८३ बैशाख ५
April 18, 2026, Saturday

सरकार र सुनचाँदी व्यवसायीबिच सहमति,आजबाट सुन पसलहरु खुल्ने

सरकार र सुनचाँदी व्यवसायीबिच सहमति,आजबाट सुन पसलहरु खुल्ने

काठमाडौं। विलासी करको विरोधमा आन्दोलन गर्दै आएका सुनचाँदी व्यवसायीहरूले सरकारसँगको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तामा सरकार र व्यवसायी प्रतिनिधिहरूबीच विभिन्न बुँदामा सहमति जुटेको हो। यस सहमतिसँगै देशभरका सुनचाँदी पसलहरू शुक्रबारदेखि नियमित सञ्चालनमा आउने भएका छन्।

सरकार र सुनचाँदी व्यवसायीबीच भएको सहमति अनुसार, सुनचाँदी तथा रत्न आभुषणको कारोबार र सोमा लाग्ने कर प्रणाली सम्बन्धमा अध्ययन गरी नीतिगत सुधारका लागि विभिन्न निर्णयहरू भएका छन्।

अर्थ मन्त्रालयका सहसचिव उत्तर कुमार खत्रीको नेतृत्वमा भएको छलफलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र विभिन्न सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू तथा पूर्वमन्त्रीहरूको समेत उपस्थिति थियो।

सरकारले गत वर्षबाट १० लाख रूपैयाँभन्दा बढीको सुन खरिदमा २ प्रतिशत विलासी कर लगाएको थियो।
आर्थिक ऐन २०८२ बाट भने १० लाखको सीमा पनि हटाएको हो।

सहमतिमा स्थानीय सुनचाँदी तथा रत्न आभुषण व्यवसायीको सहज पहुँच हुने गरी नजिकको व्यापारिक केन्द्रबाट सुन आयात गर्न र वाणिज्य बैंकबाटै सुन उपलब्ध हुने गरी ‘सुन आयात तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०६८’ लाई प्रभावकारी कार्यान्वयन गर्ने र आवश्यकता अनुसार संशोधन गर्नेगरी सहमति भएको छ । यसैगरीसुनचाँदीको बिक्री वितरणमा देखिएको तहका सन्दर्भमा स्पष्ट हुने व्यवस्था मिलाइनेछ ।
सहमतिमैविलासिताको परिभाषाभित्र राखिएको सुन तथा सुनका गरगहनाको सन्दर्भमा आवश्यक अध्ययन गरी पुनरवलोकन गर्न सिफारिस गरिनेछ भनिएकोछ।
सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न कानुनी तथा नीतिगत व्यवस्था, छिमेकी मुलुकमा लाग्ने राजस्वका दरसँग सामञ्जस्यता कायम गर्ने लगायतका विषयमा सिफारिस गर्न एक कार्यदल गठन गरिने समेत सहमतिमा उल्लेख गरिएको छ ।यस कार्यदलमा अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आन्तरिक राजस्व विभाग, भन्सार विभाग, नेपाल राष्ट्र बैंक र विभिन्न सुनचाँदी व्यवसायी महासंघ तथा संघका प्रतिनिधिहरू रहनेछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचादी व्यवसायी तथा कालिगढ संघर्ष समितिबाट जारी सम्पूर्ण आन्दोलन, अनसन, संघर्ष लगायत कार्यक्रमहरू यो सहमतिसँगै अन्त्य भएको बताइएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार २७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP