काठमाडौं । सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ । हल्कादेखि भारी वर्षासम्म हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।शुक्रबार बिहान कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ।
पछिल्लो १२ घन्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम र भारी वर्षा भएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार ताप्लेजुङको दोभानमा गएको १२ घन्टामा ८६.२ मिलिमिटर वर्षा भएको छ। कास्कीको ज्यामिरेबेसीमा ६०.२ मिलिमिटर, मुगुको ताल्चामा ५४.९ मिलिमिटर वर्षा भएको छ।
शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।दिउँसो देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
शुक्रबार राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनाएको छ।राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश प्रदेशका एक-दुई स्थानमा राति भारी वर्षाको पनि सम्भावना रहेको छ।राति पनि देशको उच्च-पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...