काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
यस वर्षको परीक्षामा ४८ हजार १७७ जनाले ३.६ देखि ४ जीपीए ल्याएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् ।
यस वर्ष प्रदेशगतरुपमा कोशी प्रदेशमा ४५ हजार ८ सय ३५ जना उतिर्ण, मधेश प्रदेशमा ५९ हजार ७ सय ४९ जना, बाग्मती प्रदेशमा १ लाख १९ हजार ५ सय १७ जना, त्यस्तै गण्डकी प्रदेशमा ४७ हजार ८ सय ४९ जना, लुम्बिनी प्रदेशमा ५७ हजार ६ सय ८७ जना, कर्णाली प्रदेशमा ४६ हजार ४ सय ५५ र सुदुरपश्चिम प्रदेशमा ५९ हजार ८ सय ४ जना ग्रेडिड भएका छन् ।
नियमित परीक्षामा सहभागी भएका ४ लाख ३८ हजार ८९६ परीक्षार्थीमध्ये ३.६ देखि ४ जीपीए ४८ हजार १७७, ३.२ देखि ३.६ जीपीएसम्म ८१ हजार ३५५, २.८ देखि ३.२ जीपीएसम्म ९९ हजार १२४ जना, २.४ देखि २.८ जीपीएसम्म ४८ हजार ४७९, २ देखि २.४ सम्म ल्याउने ४ हजार १२६ जना, १.६ देखि २ जीपीएसम्म ८ जना छन् । नतिजासम्बन्धी विवरणहरू एसएमएस, आईभीआर र वेबसाइटमार्फत हेर्न सकिने बोर्डले जनाएको छ । एसईई परीक्षामा जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ विद्यार्थी सहभागी भएका थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...