२०८३ बैशाख ५
April 18, 2026, Saturday

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

नेपालमा पहिलोपटक फ्रेन्चाइज इन्डोर प्रिमियर लिग हुने

काठमाडौं । काठमाडौं स्पोर्ट्स इभेन्ट्स प्रालीको आयोजनामा नेपालमा पहिलोपटक फ्रेन्चाइज आधारमा इन्डोर प्रिमियर लिग क्रिकेट हुने भएको छ । आगामी भदौ २३ गतेदेखि २८ गतेसम्म काठमाडौंको चुनिखेलमा रहेको रोयल स्पोर्ट्स पार्कमा उक्त लिग  हुन लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज प्रिमियर इन्डोर क्रिकेट लिग हुने आयोजनले जानकारी दिएको छ ।

विजेताका लागि इन्डोर क्रिकेटको सर्वाधिक पुरस्कार राशि पुरस्कार व्यवस्था गरिएको छ । यद्यपि, यसबारे केही दिनमा सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।  लिगका टेक्निकल डाइरेक्टर रवीन्द्र गुप्ताले टिम खरिद र खेलाडीको अक्सन हुने बताए । एक जना मार्कीका साथै क्याटगोरी ‘ए’, ‘बी’ र ‘सी’ वर्गीकरण गरी खेलाडीले आफ्नो नाम दर्ता गर्न पाउनेछन् ।

क्याटेगोरीको ‘ए’ खेलाडीलाई १५ देखि २५ हजार, ‘बी’ खेलाडीलाई १०–१५ हजार र ‘सी’ क्याटगोरीको खेलाडीलाई ५ देखि १० हजार रुपैयाँ मूल्य तय गरिएको छ । हरेक खेलाडीले आफ्नो नाम दर्ता गराउनु पर्नेछ ।

लिगमा एउटा फ्रेन्चाइज टिमले कुल एक लाख ५० हजार खर्च गर्न पाउनेछ । टिम खरिद गर्न न्युनतम एक लाख ५० हजारसम्म तोकिएको प्रतियोगिताका डाइरेक्टर ज्योति भण्डारीले बताइन् ।

भण्डारीले यो लिगलाई व्यावसायिक रूपमा अगाडि बढाउने लक्ष्यसहित यो फरम्याटको प्रतिस्पर्धा सुरु गरिएको बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP