२०८३ बैशाख ९
April 22, 2026, Wednesday

‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

‘टेक एण्ड पे’राम्रो गर्नको लागि ल्याइएको थियो तर हटाइयो’

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले बजेटमा राखिएको ‘टेक एन्ड पे’को प्रावधानले नराम्रो गर्ला कि जस्तो भएपछि हटाइएको बताएका छन् ।मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै उनले टेक एण्ड पे राम्रो गर्नको लागि ल्याइएको तर नराम्रो गर्ला कि जस्तो लागेर हटाइएको बताएका हुन् ।

उनले भने, ‘टेक एण्ड पे’ राम्रो गर्नको लागि ल्याइएको थियो, नराम्रो गर्ला कि जस्तो लाग्यो हटाइयो ।’हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर ‘टेक एण्ड पे’ हटाउने निर्णय गरेको थियो । सांसदले ‘टेक एन्ड पे’ किन ल्याएको र किन हटाएको ? भनेर प्रश्न गरेका थिए । सांसदले त्यसरी नै बजेटका व्यवस्था हटाउने हो भने बजेट संशोधन गर्न नै प्रधानमन्त्री अगाडि सर्नुपर्ने प्रस्ताव राखेका थिए । जवाफमा प्रधानमन्त्री ओलीले भने, ‘टेक एन्ड पे राम्रो गर्नका लागि ल्याइएको थियो । नराम्रो गर्ला कि जस्तो भयो हटाइयो ।’

टेक एण्ड पे’ नहटाए कांग्रेसले बजेट पास गर्न नदिने अडान लिएपछि हिजो सत्ता पक्षका शीर्ष नेताहरुबीच छलफल गरेर हटाउने निर्णय गरेको थियो ।

शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको जानकारी दिए ।अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुने उनले धारणा राखे ।उनले भने,‘शासकीय सुधारका विभिन्न कार्यक्षेत्रमा सुधार गर्नुपर्ने विषयमा उच्चस्तरीय शासकीय सुधार आयोग गठन गरिएको हो । अन्धाधुन्ध काम गर्नुभन्दा त्यसैमा केन्द्रित भएर खोज, अध्ययन, अनुसन्धान गर्न र त्यसमा आधारित भएर सिफारिस र प्रेसक्रिप्सनहरुमा काम अघि बढाउनु उचित हुन्छ ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP