२०८३ बैशाख ९
April 22, 2026, Wednesday

भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

भिजिट भिसा प्रकरणको छानबिनप्रति असन्तुष्टि, रास्वपा र राप्रपाको संसद् बहिष्कार

काठमाडौं । भिजिट भिसाको विषयमा छानबिन गर्न सोमबार मन्त्रिपरिषदले गठन गरेको छानबिन समितिप्रति रास्वपाले असन्तुष्टि जनाएको छ ।मंगलबार प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद स्वर्णिम वाग्लेले समितिको अध्यक्षता गर्न पूर्वमुख्यसचिव शंकरदास वैरागीलाई जिम्मा दिइनु नै शंकास्पद रहेको टिप्पणी गरे । “वैरागी अहिलेका केही नेताहरूको निगाहमा परेका पात्र हुन्, उनी स्वयं शंकाको घेरामा छन्,” वाग्लेले भने, “शंकाको घेरामा रहेका व्यक्तिले कसरी निष्पक्ष छानबिन गर्न सक्छ ?”

प्रतिनिधिसभाको आजको बैठकको सुरूमै गृहमन्त्रीले छानबिन समिति बनेको र समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहेको बताएका थिए।

गृह मन्त्रीले जानकारी दिएअनुसार समितिको सदस्यमा सहसचिवहरू तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र) प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले छन्।

यस्तै, आजको प्रतिनिधिसभाको बैठकमा पार्टीको अडान परिवर्तन नहुने पार्टीका उनले बताए । आजको संसद बैठकमा बजेट पारित गर्ने कार्यसूची छ । यो प्रक्रियामा पार्टीको सहभागिता नरहने उनले बताए ।

दुबै दलले गठित समितिले लक्ष्यअनुरूप निष्कर्ष दिन नसक्ने दाबी गर्दै संसद्मा आफ्नो असन्तुष्टि राखेका थिए। समितिको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनीहरूले संसद् बहिष्कारको निर्णय गरेका हुन्।

रास्वपाले संसदमा गृहमन्त्रीको राजीनामासहित स्वतन्त्र र निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाउँदै आएको छ । मंगलबारको संसद बैठकअघि बसेको पार्टीको संसदीय दलको बैठकले सो धारणा संसदमा प्रस्तुत गर्ने निर्णय गरेको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP