२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

आज कता कता हुँदैछ भारी वर्षा ?

आज कता कता हुँदैछ भारी वर्षा ?

काठमाडौं। हाल कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै देशका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ । भारी वर्षाका कारण बाढी र डुबानको जोखिम रहेको छ । पछिल्लो एक घण्टामा मकवानपुर जिल्लास्थित हेटौंडा, रजैया वर्षामापन केन्द्र र आसपास केन्द्रमा मध्यमदेखि भारी वर्षामापन भएको छ ।

धनुषा जिल्लास्थित चिसापानी बजार वर्षामापन केन्द्र र आसपास केन्द्रहरूमा मध्यमदेखि भारी वर्षामापन भएको विभागलले जनाएको छ ।

बारा र रौतहट जिल्ला स्थित रजुवा र चंद्रपुर वर्षामापन केन्द्र र आसपास केन्द्रमा पनि मध्यमदेखि भारी वर्षामापन भएको छ ।

म्याग्दी जिल्लाको दर्बांग वर्षामापन केन्द्र र आसपास मध्यमदेखि भारी वर्षामापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

भारी वर्षा भएका क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा आकस्मिक बाढी आउनसक्ने, होचा र डुबान भइरहने क्षेत्रका डुबान हुनसक्ने तथा कमजोर र भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ असार १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ असार १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ असार १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP