२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीशमाथि कालो मोसो प्रहार

काठमाडौं । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरेका छन् । नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज न्यायाधीश डा. खुसीराम थारुलाई कालो मोसो प्रहार गरेका हुन् ।

कालो मोसो प्रहार गर्दै  उनीहरुले नेकपा बहुमत जिन्दाबाद, जनताको कर खाने र जनताकोविरुद्धमा फैसला गर्ने एवं नेकपा बहुमत पार्टीले नेपालभर भ्रष्टाचारविरुद्धमा यसरी कारबाही गरेको छु भनेका छन् । उनीहरूले कार्यकक्षमै पुगेर कालो मोसो प्रहार गरेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएको छ ।बिहीबार न्यायाधीश थारुको अदालतभित्र चेम्बरमा बहुमतका नेताहरूले थारुलाई कालाे मसी छ्यापेका  हुन् । जिल्ला अदालत रौतहटबाट दोषी ठहर भई कारागारमा रहेका आलमलाई गएको जेठ १४ गते न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले जिल्लाको फैसला उल्ट्याउँदै सफाइ दिएको थियो ।

कालो मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको जनाएको छ । न्यायाधीश थारुसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।

२०६४ चैत २७ गते पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन  इँटाभट्टामा जिउँदै जलाएर व्यक्ति हत्या गरेको अभियोगमा पूर्वसांसद आलमलाई जिल्ला अदालत रौतहटले  दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएकोमा उच्च अदालतले यसलाई उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०८२ जेष्ठ २९

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP