२०८२ कार्तिक २८
November 14, 2025, Friday

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी सांसदको नाराबाजी, बैठक बिहीबारसम्म स्थगित

गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षी सांसदको नाराबाजी, बैठक बिहीबारसम्म स्थगित

काठमाडौं । प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै नाराबाजी गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा तथा छानबिनका लागि संसदीय समिति वा न्यायिक आयोग बनाउने माग गर्दै जेठ १३ गतेबाट अवरोध गर्दै आएका विपक्षीले आज पनि बैठकमा अवरोध गरिरहेका छन् ।बैठक सुरु हुनासाथ माओवादी केन्द्रसहित विपक्षी दलहरूका सांसदहरू आ-आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले संसदको नियमित कारबाही अवरुद्ध भएको करिब दुई हप्ताभन्दा बढी भएकाले आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न विपक्षी दलका सांसदहरूलाई आग्रह गरेका थिए ।

बैठक अवरोधका लागि उठिरहेका प्रतिपक्षी दलका सांसदहरूले मानव तस्करलाई कारबाही गर भन्ने नारा लगाइरहेका हुन् । नाराको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्वय सुमना श्रेष्ठ र हरि ढकालले पालैपालो गरिरहेका छन् ।  त्योसँगै गृहमन्त्री राजीनामा दे भन्ने नारा पनि प्रतिपक्षीहरूले लगाइरहेका छन् ।

सभामुख घिमिरेले दलीय आधारमा बोल्न दिने भन्दै बस्न आग्रह गरे पनि सांसदहरुले मानेका छैनन् । तर, विपक्षी दलका सांसदहरूले सभामुख घिमिरेको आग्रहलाई स्वीकार गरेनन्   र अवरोध जारी राखे । पटक-पटक आसन ग्रहण गरेर बैठक अघि बढाउन सहयोग गर्न गरेको आग्रहलाई विपक्षी दलका सांसदहरूले नमानेपछि सभामुख घिमिरेले  अर्को बैठक २९ जेठ दिउँसो ३ बजे बस्ने गरी स्थगित गरेका हुन् ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ जेष्ठ २८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP