काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन् ।
नेकपा (एमाले) को संसदीय दलको सोमबार बानेश्वरमा भएको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताएका हुन् ।‘भोलिदेखि नियमित संसद चलाउँ भनेर मैले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’जी कुरा गर्न खोजे तर उहाँ जानीजानी सम्पर्कमा आउनुभएन । वार्ता, संवाद नगर्ने अनि सदन बन्द गर्ने मुडमा उहाँहरु हुनुहुन्छ होला ।
यस्तो व्यवहार सँधै चल्दैन । संसद यस्ता नचाइने कुरामा सँधै बन्द हुँदैन्,’ प्रधानमन्त्री ओलीले भने, ‘केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको छ, जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद अवरुद्ध हुँदैन । माननीयज्यूहरु तयार भएर बस्नुस्। भोलिदेखि सदन चल्छ ।
’प्रधानमन्त्री ओलीले विपक्षीले केही विषय नपाएर गृहमन्त्रीको राजीनामा मागिएको पनि बताए । ‘जबकि गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन चलेको छैन । त्यसकारण यस्ता कुरामा संसद् अवरुद्ध हुँदैन’, उनले भने, ‘माननीयज्यूहरू तयार भएर बस्नुस् । भोलिदेखि सदन चल्छ ।’
प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दल सत्तापक्षसँग कुरा नगर्ने र संसद बन्द गर्ने मुडमा रहेको आफूले बुझेको प्रधानमन्त्रीको भनाइ थियो।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...