काठमाडौं । निषेधित क्षेत्र तोड्दै बालुवाटार प्रवेश गर्न खोजेपछि राप्रपा, नेपालका अध्यक्ष कमल थापासहित ५ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । आइतबार नारायणचौरमा भएको राजावादी प्रदर्शन बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले राप्रपा नेपालका अध्यक्ष थापासहितका नेताहरूलाई पक्राउ गरेको हो ।
राजसंस्था पक्षधरको प्रदर्शनका क्रममा उनी आइतबार नक्सालको नाराणचौरबाट पक्राउ परेका हुन् । प्रहरी टोलीले उनलाई तान्दै भ्यानमा हालेको थियो । यस क्रममा थापाले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रधानमन्त्री, सभामुख लगायतको सरकारी निवास रहेको बालुवाटार क्षेत्रलाई सरकारले यसअघि नै निषेधित क्षेत्र घोषणा गरेको थियो ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...