काठमाडौं । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।
विसं. २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरंकुश राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ ।
संघीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ। नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ।
तर,देशमा राजनीतिक अस्थिरताले गर्दा आशातित सफलता प्राप्त भएको छैन् । राजनीतिक दलहरुमा पद लोलुपता र खिचातानीले व्यापकता पाएको छ । जनताका आकाँक्षाहरु पूर्णरुपले पुरा हुन सकेका छैनन् । उपलब्धीहरु संस्थागत गर्ने चूनौति पनि कायमै छ । सुशासनयुक्त राजनीति र प्रशासन,भ्रष्टाचार रहीत समाज,समुन्नत नेपालीका कार्यभारहरु अझै पुरा हुन बाँकी छ । तसर्थ ,राजनीतिक दलहरु र तिनका नेताहरुको ध्यान जानु आवश्यक छ ।
गणतन्त्र भन्दा राम्रो व्यवस्था दुनियाँमा छैन् । तसर्थ,नेपालमा भएका राजनीतिक प्रणाली,कानून लगायतका कुराहरुमा देखिएका ल्याप्सेसहरु हटाउँदै गणतन्त्रलाई आम जनताको व्यवस्थाको रुपमा सुदृढीकरण गर्नु जरुरी छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...