काठमाडौं | नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच एकता घोषणा भएको छ।सोमबार काठमाडौँमा आयोजित एकता कार्यक्रममा माओवादीको तर्फबाट अध्यक्ष पुष्पककमल दाहाल ‘प्रचण्ड’ र समाजवादीको तर्फबाट संयोजक गङ्गानारायण श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरे। माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पनि आजै एकता भएको थियो । पछिल्लो समय माओवादी केन्द्रले वामपन्थी एकतालाई उच्च प्राथमिकतामा राखेर अगाडि बढिरहेको छ ।आज ललितपुरमा आयोजित कार्यक्रममा उनले गत आम चुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार, राजनीतिक आस्थाका आधारमा एकीकरण, समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गरे ।
१) पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओवाद हुनेछ ।
२) पार्टीको कार्यक्रम नेपाली विशेषता अनुरुपको समाजवादी कान्तिको कार्यक्रम हुनेछ ।
३) समाजवादी क्रान्तिका लागि परिस्थिति अनुरुप सडक, सदन र सरकार लगायतका सबै प्रकारका आन्दोलनका स्वरुपहरुलाई अवलम्बन गरिनेछ । तत्कालको कार्यनीतिक विषयहरुमा पार्टीभित्र छलफल र आपसी सहमतिको आधारमा तय गरिने छ ।
४) पार्टीमा विचारको स्वतन्त्रता र कामकार्यवाहीमा एकरुपताको जनवादी केन्द्रियताको सैद्धान्तिक मान्यता अनुरुप पार्टीलाई संचालन गरिनेछ । कतिपय वैचारिक विषयमा महाधिवेशनसम्म पार्टी पक्तिभित्र छलफल गर्न सकिने छ ।
५) पार्टी समायोजनको नेतृत्व गर्नुभएका क.गंगानारायण श्रेष्ठलाई नेकपा माओवाद केन्द्रको केन्द्रीय सचिव र समायोजन हुने बाँकी सबै कमरेडहरुलाई सम्मानजनक रुपमा संगठनात्मक जिम्मेबारी सहितको कार्यविभाजन गरिनेछ ।
महासचिव देव गुरुङले समाजवादी क्रान्तिका लागि यसका पक्षधरसँग एकतालाई निरन्तरता दिने जानकारी गराए । उनले जनवादी केन्द्रीयताको मान्यता अनुरूप पार्टी अगाडि बढ्ने जानकारी गराए । दुई पार्टीबीच पार्टी समायोजनपश्चात गंगानारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...