काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद एवं पूर्व शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा समिति बैठकमा बोल्दै शिक्षकहरु सँग सरकार ले गरेको सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गरिनुपर्ने बताए। आईतबार बसेको बैठकमा पौडेलले शिक्षकहरुको विषयमा झुक्याउन नहुने भन्दै सहमतिलाई विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्छ भन्दै जोड दिए।आइतबार बसेको शिक्षा समिति बैठकमा बोल्दै उनले शिक्षकहरूसँग गरिएको सहमति विपरीत विधेयक ल्याएर झुक्याउने काम अनुचित भएको स्पष्ट पारे।सांसद पौडेलले सरकार र शिक्षक महासङ्घबीच भएको ९ बुँदे सहमति विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा उल्लेख हुनुपर्ने बताए।
शिक्षकहरु सँग सहमति गर्ने तर विधेयकमा अर्को विषय ल्याइएको भन्दै पौडेलले हुनै नसक्ने विषय राखेर शिक्षेकलाई झुक्काए को बताउँदै शिक्षेकहरुको बढुवाको विषय”चन्द्रमामा घडेरी किनेर घर बनाउने सरह भएको उनको भनाइ छ। संविधनलेनै निःशुल्क र अनिवार्य शिक्षाको व्यवस्था गरिएको र सो अनुसार निजी विद्यलयलाई नी निश्चित समय दिएर अघि बढ्न सकिने उनको भनाइ छ। कार्यकारी र विधायिकी बसेर शिक्षेक महासंघ सँग गरेको ९ बुँदे सहमतिलाई समितिमा पेश गर्नु पर्ने उनको दाबी छ । पौडेलले कार्यकारी र विधायिका तहमा शिक्षक महासङ्घसँग गरिएको सहमतिको पालना नभए शिक्षामाथिको विश्वास कमजोर हुने चेतावनी समेत दिए।
कोशीपारी अनलाइन मंसिर १९, काठमाण्डौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानेन्द्र शाहीले वर्तमान शासनव्यवस्था असफल भएको भन्दै राजनीतिक तथा...
कोशीपारी अनलाइन संवाददाता मंसिर १८, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपाललाई समृद्ध राज्यका रूपमा बदल्नु हो भने योग्य...
कोशीपारी अनलाइन मंसिर १८, काठमाण्डौ नेपाली कांग्रेस विषेश महाधिवेशन हस्ताक्षर अभियानका अगुवा नेता गुरुराज घिमिरेले अब क्षमता र योगदानमा आधारित...