२०८२ कार्तिक २३
November 9, 2025, Sunday

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय

  काठमाडौं । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गरेका छन् ।बुधबार शपथ ग्रहणपछि  बालुवाटारस्थित राष्ट्र बैंक पुगेका उनले ५०० र १ हजार रुपैयाँ दरका नयाँ नोट छाप्ने पहिलो निर्णयमा हस्ताक्षर गरे । पदबहाली लगत्तै उनले यस्तो निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीतिबीचको सम्बन्धबारे स्पष्ट धारणा राखे । उनका अनुसार, मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक नभएर स्वतन्त्र नीति हो । तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिबाट अवरोध भएमा त्यसमा आवश्यक परिमार्जन गरिने उनले बताए ।

बैंक तथा वित्तीय संस्थामा रहेको नागरिकको निक्षेपको सुरक्षा र कर्जा नीतिमा सुधारलाई पनि राष्ट्र बैंकले प्राथमिकतामा राख्ने उनले बताए । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ ।

त्यस्तै उपयुक्त कर्जा नीति ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । सबैसँग छलफल र परामर्श गरेर मात्रै मौद्रिक नीति ल्याइने उनले बताए । त्यस्तै, राष्ट्र बैंकले विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरेर मात्रै निर्णय लिने उनको भनाइ छ ।मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनका लागि सबैसँग समन्वय गरेरै आफू अघि बढ्ने उनले बताए । पौडेलले बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा आन्तरिक विषय भएको उल्लेख गरे ।
सरकारले मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई नियुक्त गरेको थियो ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०८२ जेष्ठ ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०८२ जेष्ठ ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०८२ जेष्ठ ७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP