२०८३ बैशाख ४
April 17, 2026, Friday

प्रभु साहले भने, ‘एउटा राष्ट्रभक्त कर्मचारीले सांसद गुहार्ने अवस्था आईसक्यो एक जना प्रभु साहले के न्याय दिनसक्छ भन्ने प्रश्न उठछ’

प्रभु साहले भने, ‘एउटा राष्ट्रभक्त कर्मचारीले सांसद गुहार्ने अवस्था आईसक्यो एक जना प्रभु साहले के न्याय दिनसक्छ भन्ने प्रश्न उठछ’

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले खानेपानी मन्त्रालयमा मन्त्री प्रदीप यादवद्धारा भईरहेको भ्रष्टाचार, अनियमितता, मनोमानी कार्यको संसदीय छानविन समिति गठन गरी छानविन गर्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आज (आईतबार) बसेको बैठकमा आजपा अध्यक्ष साहले खानेपानी मन्त्रीले आफ्नै मन्त्रालय मातहतको इन्जिनियर दिपेन्द्रकुमार साहको अधिकार खोस्ने, व्यक्तिगत स्वार्थपुर्तिका लागि सरुवा गर्ने कार्य गरेको बताए ।

‘सम्मानिय सभामुख महोदय, खानेपानी मन्त्रालय मातहतको आयोजना प्रमुख दिपेन्द्र साहले आफ्नै विभागिय मन्त्रीबाट पीडित भएर संसदको गुहार माग्नुभएको छ । मन्त्रालयले चैत १९ गते जनकपुरमा वहाँलाई इन्जिनियरको पदमा पोष्टिङ गर्छ । २२ गते कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्छन् र केही दिन नपुग्दै त्यहाँ मन्त्रीजीको पिए पुग्छन् । र आयोजना सञ्चालनमा कुरा नमिलेपछि उहाँलाई मन्त्रालय तानिन्छ ।यो सरकारको कस्तो सुशासन हो ?’ आजपा अध्यक्ष साहले भने ।

व्यक्तिगत स्वार्थपुर्तिका लागि सरुवा गर्ने र अधिकार खोस्ने काम गरेपछि इन्जिनियर साहले आजपा अध्यक्ष साहलाई न्यायको माग गर्दै एकपत्र बुझाउदै आग्रह गरेका थिए । सोही बिषय उठाउदै आजपा अध्यक्ष साहले उक्त पत्र पढदै संसदीय छानबिनको माग गरेका हुन् ।

‘के सरकारी निकाय फेल भएको हो ? असफल भएको हो ? के सरकारी निकाय काम गर्न नसक्ने भएको हो ? एउटा राष्ट्रभक्त कर्मचारीले सांसद गुहार्ने अवस्था आईसक्यो । एक जना प्रभु साहले के न्याय दिनसक्छ भन्ने प्रश्न उठछ,’ आजपा अध्यक्ष साहले भने, ‘सभामुखज्यू, अहिले देशमा राष्ट्रसेवक कर्मचारी जो आफै आयोजना प्रमुख हो । राष्ट्रिय सतर्कता केन्द्रमा लामो समय झण्डै १२ बर्ष सेवा गरेको कर्मचारी कानून नियम नबुझेको भन्ने हुदैन् । उहाँ बुझेरै यहाँ आउनुभएको हो । उहाँ आफै यसरी थकित हुनुहुन्छ भने जनताको हालत के भएको होला ? यो सुशासन दिने जिम्मेवारी लिएको सरकारलाई सोध्न चाहन्छु तपाईहरुले दुई तिहाईको सरकार बनाउनुभयो । सुशासन दिन्छु भन्ने ग्यारेन्टी गर्नुभयो । एउटा पीडित इन्जिनियरले यसरी गुहार माग्दै गर्दा यहाँ संसदमा आएर माननिय मन्त्रीजीले जवाफ दिनुपर्छ, र यदी चितबुझदो जवाफ भएन भने संसदीय छानविन समिति गठन गरेर छानविन गर्नुपर्नेपर्छ ।’

उनले यसअघि पीडित इन्जिनियर साहले बुझाएको पत्र समेत संसदमै बाचन गरेका थिए । जसमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, जनकपुरमा आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित आयोजना प्रमुखको रुपमा कार्यरत भएको र सो अवधिमा आयोजना कार्यालयले चुस्त दुरुस्त सञ्चालन गर्दै चार महत्वपूर्ण ठेक्का अनुमोदन गरी लामो सयदेखी रोकिएका ओजनाहरु अघि बढाउन सफल भएको उल्लेख छ ।

तर हालै खानेपानी मन्त्री यादवको व्यक्तिगत स्वार्थपुर्तिका लागि साहको सरुवा र अधिकार खोस्ने जस्ता एकपक्षीय, अमानवीय र नकारात्मक प्रभाव पार्ने निर्णयले कार्यालयको प्रगति ठप्प पारि लाखौं जनताको स्वच्छ खानेपानी खाने अधिकार हनन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

‘श्रीमाननीय मन्त्रीज्यूले कार्यालय सञ्चालनमा हस्तक्षेप गरी उनका मान्छे एजाज बाबु राँकी मार्फत ७ करोडको डिप बोरिङ लगायत अन्य कार्य व्यक्तिगत लाभ लिने कार्यको सम्बन्धमा सत्यतथ्य छानविन गरी आवश्यक कारवाही अगाडी बढाउन सादर अनुरोध गर्दछु,’ पीडित इन्जिनियरले दिएको पत्रमा उल्लेख गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP