काठमाडौं : मुलुकभर पछिल्लो २४ घण्टामा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा ११ संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ७६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ७ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ७ हजार २ सय ५३ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ७४ जना र २ हजार १ सय २३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख २ हजार १ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ९३२ जना कोरोनामुक्त भएका छन् । यसैगरी पछिल्लो २४ घण्टामा थप ११ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३२९ पुगेको छ ।
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं नेकपा एमालेका सचिव महेश बस्नेतले एमाले नै ग्रामीण जीवनको शोषण, दमन, उत्पीडन र अर्थतन्त्रका समस्याको...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर प्रमुखले आफ्नो कार्य अवधिमा गरेका सकारात्मक कामको लागि...
कोशीपारी अनलाइन माघ ४, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको...