२०८३ बैशाख ५
April 18, 2026, Saturday

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा

ट्रम्पले गरे नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने घोषणा

काठमाण्डौं : अमेरिकि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सामाजिक सञ्जाल सञ्चालनमा ल्याउने घोषणा गरेका छन् । सर्वब्यापी सामाजिक सञ्जाल फेसबुक र ट्वीटरले ट्रम्पका एकाउन्ट” हटाइदिएपछि उनले घोषणा गरेका हुन् ।

गत वर्षको अमेरिकि राष्ट्रपती निर्वाचनका समयमा ट्रम्पले भ्रम फैलाएको, सामाजिक सद्भावलाई असर पारेको लगायतका आरोप लगाउदै ती सामाजिक सञ्जालहरुले ट्रम्पको एकाउन्ट हटाइदिएका हुन । जसको मुख्य कारण ट्रम्पका समर्थकहरू अमेरिकी संसद् भवनमा प्रवेश गरेको घटना रहेको थियो।

सामाजिक सञ्जालहरुले आफ्ना एकाउन्टहरु हटाएपछि ट्रम्पले आफ्ना अपडेटहरु सार्वजनिक गर्न छुट्टै ब्लग जस्तै अनलाईन सञ्चालन गरेका थए बिडम्बना तर त्यो पनि केही समयपछि बन्द भयो । आगामी सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पनि उम्मेदवारी दिने तयारीमा रहेका ट्रम्पले त्यसैलाई लक्षित गरेर नयाँ सामाजिक सञ्जाल सञ्चालन गर्ने समेत घोषणा गरेका हुन् ।

ट्रम्पको सचिवालयका अनुसार उनीहरुले संचालन गर्न लागेको सामाजिक सञ्जालको नाम ट्रुथ सोसियल” राख्ने पनि तय भइसकेको छ ।
ट्रुथ सामाजिक सञ्जालको सञ्चालन ट्रम्प मिडिया एण्ड टेक्नोलोजी ग्रुप ९टीएमटीजी०ले गर्ने भएको छ । ग्रुपको अध्यक्ष ट्रम्प आफै रहने छन् । ट्रम्पले उक्त सामाजिक सञ्जाल प्रविधि सम्वन्धी ठूला कम्पनीहरुको अत्याचारविरुद्ध उभिने समेत ट्रम्पले उल्लेख गरेका छन् ।

भिडिओ प्रसारण सेवा पनि समावेश गरिएको ट्रुथ सामाजिक सञ्जालमा भिडिमा समाचार, पडकास्टलगायतका धेरै सुविधा उपलब्ध गराइने टीएमटीजीले जानकारी दिएको छ । उक्त्त सञ्जाल आगामी महिनादेखि केही आमन्त्रित प्रयोगकर्ताका लागि तयार हुनेछ भने सन् २०२२ को पहिलो तीन महिना अमेरिकामा मात्रै उपलब्ध हुनेछ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP