२०८२ कार्तिक २८
November 14, 2025, Friday

हुम्लाको खार्पुनाथमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, २ जना बेपत्ता

हुम्लाको खार्पुनाथमा पहिरोले घर पुरिँदा ४ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौँ : वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ४ जनाको ज्यान गएको छ । त्यस्तै २ जना बेपत्ता भएका छन् ।

खर्पेलगाउँस्थित बिचदउडामा मंगलबार राति माथिबाट खसेको पहिरोले घर पुरिँदा धनबिरे शाही, कलबहादुर शाही, आशा शाही र उनका ११ , ५ र ३ वर्षीय छोराको ज्यान गएको हो ।

घरपछाडिबाट आएको पहिरोले पुरिएर बेपत्ता भएकामध्ये कलबहादुर, उनकी श्रीमती आशा, ५ र ३ वर्षीय छोरासहित ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ। बेपत्ता भएका घरधनी धनबिरे र ११ वर्षका छोराको भने खोजी भइरहेको छ । पुरिएको घरको गोठमा रहेका गाईगोरुलाई भने जिवितै उद्धार गरिएको प्रहरीले जनाएको छ ।

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP