काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठ्बधन सरकारको नेतृत्वको लिएको आज १०० दिन पुगेको छ । गठबन्धनमा सहमति असहजताका कारण उनको सरकार कामभन्दा विवादले बढी समय लिएको छ ।
जसलाई देहाए बमोजिम उल्लेख गर्न सकिन्छ:
-कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उल्लेखनीय देखिएको छ।
-करिव तिन महिना /८८ दिनमा मन्त्रिपरिषद्लाई पूर्णता
-दार्चुला घटनामा भारत संगको कूटनीतिक पहल अपेक्षाकृत हुन सकेन।
-ओली शैलीमै संसद् अन्त्य गरेर राजनीतिक अध्यादेश जारि
चीनसंगको सिमा बिबादको बिषयमा समन्वयात्मक पहल नभई समिति गठनका कारण संकास्पद बनेको नेपाल चिन सम्बन्धमा हाल आएर सहजीकरणको प्रयास भएको छ। नियुक्त भएको सय दिन पुग्दा पनि प्रधानमन्त्री देउवा र उनका मन्त्रीहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् ।
धेरैजसो मन्त्रिपरिषद्का बैठक पनि देउवाले पनि ओलीले जस्तै बालुवाटारमै राख्छन् ।२४ असोजमा रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रमा बसेका ‘सुकुमबासी’माथि प्रहरीले गोली चलायो र हाल ब्यापक आलोच्चना खेपी रहेको छ।
गत ५ असोजमा सरकारले १२ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय तर नया नियुक्तिको कार्य फितलो र कमजोर देखिन्छ।
करिब पौने तीन वर्षअघि नै प्रतिनिधिसभामा पेस भएको संघीय निजामती विधेयक फिर्ता ल्याउने उल्टो बाटो सरकारले रोजेको छ ।
२०७६ देखि नै खालि भएको उप सभामुक नियुक्ति हुन सकेको छैन। यस अबधिमा देउवा सरकारले केहि राम्रा काम गरेको छ भने कतिपय काम चलाउ र प्रतिसोदजन्य कामबाट आलोचना खेपिरहेको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...