२०८३ बैशाख १३
April 26, 2026, Sunday

अविरल बर्षाका कारण मुख्य राजमार्ग सहित सडक अवरुद्ध

अविरल बर्षाका कारण मुख्य राजमार्ग सहित सडक अवरुद्ध

लगातारको वर्षाले मुख्य राजमार्ग सहित सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भई आवागमनमा असहज भएको छ  ।

यसै गरि कैलाली, डोटी, अछाम, बझाङ, सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी–डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा–मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे–बाजुरा–अछाम सडक बन्द छ । बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपककुमार रायले जानकारी गराएका छन् । पूर्ण रुपमा बन्द भएका, आंशिक क्षति पुगेका र मर्मत गर्नुपर्ने सडकको काम तत्काल सुरु हुने सडक विभागले उल्लेख गरेको छ ।

सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ भने निरन्तर पानी परेका ठाउँमा सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी गराए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP