२०८२ कार्तिक २३
November 9, 2025, Sunday

अविरल बर्षाका कारण मुख्य राजमार्ग सहित सडक अवरुद्ध

अविरल बर्षाका कारण मुख्य राजमार्ग सहित सडक अवरुद्ध

लगातारको वर्षाले मुख्य राजमार्ग सहित सडक अवरुद्ध भएका छन् । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका गरी ९ वटा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भई आवागमनमा असहज भएको छ  ।

यसै गरि कैलाली, डोटी, अछाम, बझाङ, सिन्धुली, म्याग्दी, दैलेख, जुम्ला, बाजुरालगायतका जिल्लामा यातायात सेवा प्रभावित भएको छ । जयपृथ्वी राजमार्ग, महाकाली राजमार्ग, धनगढी–डडेलधुरा सडक, कर्णाली राजमार्ग, वीपी राजमार्ग, नाग्मा–मुगु सडक, भीमदत्त राजमार्ग, चौखुट्टे–बाजुरा–अछाम सडक बन्द छ । बाढीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ मा सडक बगाउँदा कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

लेउतीको बाढीले झण्डै २ सय मिटर सडक बगाएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी दिपककुमार रायले जानकारी गराएका छन् । पूर्ण रुपमा बन्द भएका, आंशिक क्षति पुगेका र मर्मत गर्नुपर्ने सडकको काम तत्काल सुरु हुने सडक विभागले उल्लेख गरेको छ ।

सडक खुलाउन सेना, प्रहरी र सडक विभागको टोली खटाइएको छ भने निरन्तर पानी परेका ठाउँमा सडक खुलाउन समस्या भैरहेको विभागको मर्मत महाशाखाका उपमहानिर्देशक भिमार्जुन अधिकारीले जानकारी गराए ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP