काठमाण्डौं : मध्य भारत र बंगालको खाडीमा रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव रहेकाले दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले अनुमान लगाएका छन् ।
पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताएकी छन्। यसैबीच आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहने उहाको अनुमान छ। महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर दुई दिन अघि देखि नै सूदूर पश्चिम प्रदेशमा देखिएको छ जसका कारण सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा का कारण जनजीवन कस्टकर बनेको छ।
वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी ले रेकर्ड तोडेको छ भने नदीले कटानसमेत गरेको छ । हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ ।
हिमाली क्षेत्रमा भारि हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ । यसै गरि प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण समेत विभागले गराइएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...