२०८३ बैशाख १०
April 23, 2026, Thursday

बिहीबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद्को अनुमान

बिहीबारदेखि मात्र मौसममा सुधार आउने मौसमविद्को अनुमान

काठमाण्डौं :  मध्य भारत र बंगालको खाडीमा  रहेको न्यूनचापीय प्रणालीमा पश्चिमी वायु प्रणालीको बलियो प्रभाव रहेकाले दुई दिनदेखि देशभर देखिएको मौसमी प्रभाव बिहीबारदेखि कमजोर बन्दै जाने मौसमविद्हरुले अनुमान लगाएका छन् ।

पर्सिदेखि क्रमिक रुपमा मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् सजिना शाक्यले बताएकी छन्। यसैबीच आज र भोलि भने धेरै स्थानमा मौसम यस्तै रहने उहाको अनुमान छ। महाशाखाका अनुसार बंगालको खाडी हुँदै आएको यो प्रणालीको बढी असर दुई दिन अघि देखि नै सूदूर पश्चिम प्रदेशमा देखिएको छ जसका कारण सूदूरपश्चिमका विभिन्न स्थानमा भारी वर्षा का कारण जनजीवन कस्टकर बनेको छ।

वर्षाका कारण सेती, महाकालीलगायतका नदीमा बाढी ले रेकर्ड तोडेको छ भने नदीले कटानसमेत गरेको छ । हिमाली जिल्लाहरुमा समेत भारी वर्षा भएपछि बाढी र पहिरो निम्तिएको छ ।

हिमाली क्षेत्रमा भारि हिमपातको सम्भावना भएकाले पदयात्रा नगर्न मौसमविद्हरुले सुझाएका छन् । सूदूरपश्चिमको डडेलधुरामा २४ घण्टामा मनसुन अवधिमाजस्तै वर्षा भएको छ । डडेलधुरामा २२०, दिपायलमा १८७.५, धनगढीमा १४०.२ मिमि वर्षा रेकर्ड भएको छ । यसै गरि प्रदेश १ का केही स्थानमा पनि भारी वर्षा भएको छ । सूदूरपश्चिम, कर्णाली, लुम्बिनी र वाग्मती प्रदेशका केही स्थानमा अझै भारी वर्षाको सम्भावना भएकाले सचेत रहन विभागले सूचित गरेको छ । कतिपय नदीमा जल सतह बढेको र अझै बढ्न सक्ने भएकाले सतर्कता अपनाउन ध्यानाकर्षण समेत विभागले गराइएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक २

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP