काठमाण्डाै : चीन सरकारले नेपालको उत्तरी भागमा रहेको हुम्ला जिल्लालाई १३ लाख चिनिया युआन अर्थात दुई करोड ६० लाख नेपाली रुपैयाँ बराबरको राहत सहयोग गरेको छ। चीनको पुराङ्ग काउन्टीले हुम्लालाई खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेको हो।
प्रत्येक वर्ष सहयोग गर्दै आएको चीन सरकारले नाम्खा गाउँपालिकालाई ८ सय बोरा चामल, चार हजार ६८० बोरा मैदा, ६ हजार पिस एन–९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, ७५० केजी सेनिटाइजर, २ हजार पिस सानो सेनिटाइजर, २३ सय पिस सेतो पञ्जा, ५ हजार पिस एनटिजेन किट, एक हजार पिस फेस मास्क र १६० थान थर्मोगन सहयोग उपलब्ध गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी गराएका छन् । यस वर्षभरिमा चीनबाट करिव तीन करोड हाराहारीमा राहत सामग्री आएको अध्यक्ष तामाङले बताए।
उपलब्ध सामाग्री मध्ये नाम्खा गाउँपालिका–६ लिमिमा एक हजार ८४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका–५ को यारी गाउँलाई ३३० बोरा मैदा, १६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए। मुचु गाउँलाई ३४८ बोरा मैदा, ११४ बोरा चामल, चाला गाउँलाई १८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङ्गलाई २४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई १७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ्ग गुम्बालाई २६० बोरा मैदा दिने निर्णय भएको समेत तामाङले उल्लेख गरेका छन्
यसैगरी, याल्वाङ्ग बैकलाई १० बोरा चामल र वडा नम्बर २ लाई २२२ बोरा मैदा वडा नम्बर ३ लाई २४६ बोरा मैदा र वडा नम्बर १ लाई ४१२ बोरा मैदा दिइने छ। सशस्त्र प्रहरी बल बिओपी हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयबासीलाई १२५ बोरा मैदा, ६० बोरा चामल उपलब्ध गराईने छ । नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई ५ बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङ्गलाई ५ बोरा मैदा र २० बोरा चामल दिइने तामाङले जानकारी दिए।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...