२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

चीनले गर्यो हुम्लालाई दुई करोड ६० लाख बराबरको सहयोग

चीनले गर्यो हुम्लालाई दुई करोड ६० लाख बराबरको सहयोग

काठमाण्डाै : चीन सरकारले नेपालको उत्तरी भागमा रहेको हुम्ला जिल्लालाई १३ लाख चिनिया युआन अर्थात दुई करोड ६० लाख नेपाली रुपैयाँ बराबरको राहत सहयोग गरेको छ। चीनको पुराङ्ग काउन्टीले हुम्लालाई खाद्यान्न र स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग गरेको हो।

प्रत्येक वर्ष सहयोग गर्दै आएको चीन सरकारले नाम्खा गाउँपालिकालाई ८ सय बोरा चामल, चार हजार ६८० बोरा मैदा, ६ हजार पिस एन–९५ मास्क, ५८ हजार सर्जिकल मास्क, १० हजार पिस हाते पञ्जा, ७५० केजी सेनिटाइजर, २ हजार पिस सानो सेनिटाइजर, २३ सय पिस सेतो पञ्जा, ५ हजार पिस एनटिजेन किट, एक हजार पिस फेस मास्क र १६० थान थर्मोगन सहयोग उपलब्ध गराएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर तामाङले जानकारी गराएका छन् । यस वर्षभरिमा चीनबाट करिव तीन करोड हाराहारीमा राहत सामग्री आएको अध्यक्ष तामाङले बताए।

उपलब्ध सामाग्री मध्ये नाम्खा गाउँपालिका–६ लिमिमा एक हजार ८४५ बोरा मैदा, २० बोरा चामल, नाम्खा गाउँपालिका–५ को यारी गाउँलाई ३३० बोरा मैदा, १६५ बोरा चामल र यारीको नेम गाउँलाई ७० बोरा मैदा र ३० बोरा चामल हस्तान्तरण हुने अध्यक्ष तामाङले बताए। मुचु गाउँलाई ३४८ बोरा मैदा, ११४ बोरा चामल, चाला गाउँलाई १८० बोरा मैदा, ६० बोरा चामल, याल्वाङ्गलाई २४० बोरा मैदा, ९६ बोरा चामल, याङगारलाई १७० बोरा मैदा, ६८ बोरा चामल, याल्वाङ्ग गुम्बालाई २६० बोरा मैदा दिने निर्णय भएको समेत तामाङले उल्लेख गरेका छन्

यसैगरी, याल्वाङ्ग बैकलाई १० बोरा चामल र वडा नम्बर २ लाई २२२ बोरा मैदा वडा नम्बर ३ लाई २४६ बोरा मैदा र वडा नम्बर १ लाई ४१२ बोरा मैदा दिइने छ। सशस्त्र प्रहरी बल बिओपी हिल्सालाई ७५ बोरा चामल र २५ बोरा मैदा तथा हिल्साका स्थानीयबासीलाई १२५ बोरा मैदा, ६० बोरा चामल उपलब्ध गराईने छ । नेपाल प्रहरी हुम्लालाई १० बोरा चामल, प्रहरी चौकी यारीलाई ५ बोरा मैदा र २० बोरा चामल, प्रहरी चौकी याल्वाङ्गलाई ५ बोरा मैदा र २० बोरा चामल दिइने तामाङले जानकारी दिए।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ कार्तिक १

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP