२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

नेपाल आयल निगमले विराटनगरमा भण्डारण क्षमता बढाउँदै

नेपाल आयल निगमले विराटनगरमा भण्डारण क्षमता बढाउँदै

मोरङ मोरङको विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक डिपोमा रहेको पेट्रोल स्टोरेज ट्यांकको क्षमता बढाउने कार्य शुरु भएको छ ।पेट्रोलको स्टोरेज क्षमता बढाई अभाव हुन नदिन पेट्रोलको स्टोरेज बढाउन लागिएको हो ।

आयल निगमको विराटनगर डिपोमा ५ लाख ६० हजार लिटर क्षमताको पेट्रोल स्टोरेज ट्यांक रहेको छ । सो डिपोमा रहेको मट्टितेलको दुई वटा स्टोरेज ट्यांकलाई पेट्रोल स्टोरेज ट्यांकमा परिणत गर्न लागिएको नेपाल आयल निगम प्रादेशिक प्रमुख इन्जिनियर अशोक साहले बताएका छन् । विराटनगर डिपोमा रहेको ७ लाख ५० हजार लिटर र ७ लाख १० हजार लिटरको मट्टितेल स्टोरेज ट्यांकलाई पेट्रोल स्टोरेज ट्यांकमा परिणत गरिएपछि पेट्रोल स्टोरेजको क्षमता २० लाख २० हजार लिटर पुग्नेछ र आपूर्ति मा सहजता आउने छ ।

विराटनगरमा स्टोरेज गर्ने डिजल अमलेखगंजबाट र पेट्रोल भारतको सिलिगुडी र बरौनीबाट आयात गर्ने गरिएको छ ।

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP