२०८३ बैशाख ५
April 18, 2026, Saturday

साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसंग पराजित

साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसंग पराजित

 

काठमाडौं : भारतले साफ च्याम्पियनसिपको उपाधि जितेको छ। साफ च्याम्पियनसिप अन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।

नेपाल उपविजेतामा सीमित रहृयो । शनिबार भएको फाइनलको पहिलो हाफ बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुमा नै भारतले लगातार दुई गोल गर्यो । खेलको ४९औं मिनेटमा सुनिल क्षेत्रीले गोल गरे भने त्यसको एक मिनेट वित्न नपाउँदै सुरेश सिंह वाङजेमले भारतको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा भारतले तेस्रो गोल थप्यो। भारतका लागि ९१औं मिनेटमा साहल अब्दुल सामदले तेस्रो गोल गरेका थिए। यससँगै भारतले आठौं पटक साफ च्याम्पियनसिप जितेको छ। नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। तर, फाइनलमा भने राम्रो खेल प्रदर्शन गर्न सकेन।

साफको इतिहास हेर्ने हो भने भुटान र पाकिस्तान पछिको कमजोर टिम नेपाल हो। किनभने नेपाल १३ संस्करणमा एक पटक उपविजेता (२०२१) एक पटक तेस्रो (१९९३० हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP