काठमाडौं : पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार १ हजार ४ सय ४६ पीसीआर परीक्षण गर्दा १३६ जना र ३२७ एन्टिजेन परीक्षण गर्दा ११ जना गरी उक्त संख्यामा संक्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा ८४५ जना निको भएका छन् ।
शनिबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ४ हजार ६५२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या ११ हजार २७८ पुगेको छ भने ७ लाख ८० हजार ७७६ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ५९८ जना रहेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...