मुलकभर दसैँको टीका लगाउने एकै साइत भए पनि डोल्पाको त्रिपुराकोटमा भने टीकाको आफ्नै साइत, जमरा लाउने आफ्नै चलन छ । त्यहाँको देवताका नियमअनुसार परापूर्वकालदेखि नै त्रिपुराकोटबासीको आफ्नै चलन रहेकको हो।
त्रिपुराकोटमा बसोबास गदै आएका न्यौपाने, देवकोटा, पाण्डे, विष्ट , कठायत, दमाई, कुलाल र सार्की लगायतले परापूर्वकाल देखि नै आफ्नै साइतमा दसैँको टीका-जमरा लगाउँदै आएका छन् । .
घटस्थापना कै दिनमा सुरु भए पनि पूजा प्रायः दसैंको दिन दिउँसो ३ बजेतिर मात्रै सकिने भएकोले त्यसअघि दसैँको टीका लगाए गाउँमा अनिष्ट हुने विश्वास रहेको पुजारी लक्ष्मीरुद्र उपाध्याय बताउँछन् । ‘पूजा सकेर भगवती माईलाई मूल मन्दिरमा भित्र्याएपछि मात्रै गाउँलेले टीका जमरा लगाउनु पर्छ,’ उनले भने, ‘अरु अर्धपीठ हुन् । त्रिपुरासुन्दरी पूर्णपीठ हो । त्यसैले त्रिपुरासुन्दरीको नियमअनुसार काम गर्नुपर्छ ।
दसैँ टीकाको साइत बिहान हुने भए पनि त्रिपुराकोट गाउँमा भने बेलुकादेखि टीका ग्रहण र जमरा लगाउने चलन रहेको पुजारी उपाध्यायले जानकारी दिए । घरको काम सकेर साँझको समयमा परिवारका सबै सदस्य र आफन्तजनहरू एकै ठाउँमा भेला भएर त्रिपुराकोटवासीले अग्रजको हातबाट टीका थाप्ने र आशीर्वाद लिने चलन छ त्रिपुराकोट बासीको ।
दुई सयभन्दा धेरै घरपरिवारको बस्ती रहेको त्रिपुराकोटबाहेक डोल्पा जिल्लाका अरु गाउँमा भने पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको साइतमै दसैँको टीकाजमरा लगाउने चलन चलि आएको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...