२०८३ बैशाख १०
April 23, 2026, Thursday

मध्यपश्चिम विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

मध्यपश्चिम विश्वविद्यालय र चण्डीगढ विश्वविद्यालयबीच द्विपक्षीय समझदारीमा हस्ताक्षर

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच शैक्षिक द्विपक्षीय सम्बन्ध समझदारी पत्रमा हस्ताक्षर भएको छ । मङ्गलबार पञ्जाबमा आयोजित कार्यक्रममा मध्यपश्चिमका उपकुलपति प्रा डा. नन्दबहादुर सिंह र चण्डीगढ विश्वविद्यालयका सहकुलपति प्रा डा. आरएस बावले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी ५ वर्षसम्मका लागि भएको स्रोतले जनाएको छ । सम्झौतापछि दुवै विश्वविद्यालयले शैक्षिक उत्कृष्टता, सङ्काय र विद्यार्थी आदानप्रदान, अनुसन्धान सहयोग, गुणस्तरीय शिक्षा, सकारात्मक वातावरण, परिवर्तनकारी पहल, सांस्कृतिक र प्रासंगिक विकास मोडेल विस्तारका साथै द्विपक्षीय सम्बन्धलाई बढावा दिने बिस्वास ब्यक्त गरेका छन् । मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले समझदारीले विश्वव्यापी आवश्यकताहरुको सामना गर्न २१ औं शताब्दीका लागि उपर्युक्त मानव संशाधन तयार गर्न अवसर सिर्जना गर्ने समेत बताएका छन् ।समझदारी पत्रमा हस्ताक्षर समारोहमा सम्बन्धित विश्वविद्यालयका उच्च पधस्त, पदाधिकारी, प्राध्यापकहरु लगाएतको को सहभागिता रहेको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP