काठमाण्डौं : रेल्वे विधेयक २०७६ प्रतिनिधिसभाबाट फिर्ता भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले पेस गरेको विधेयक फिर्ता लिने प्रस्ताव प्रतिनिधिसभाको आजको बैठकले स्वीकृत गरेको हो।
बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रियसभामा उत्पत्ति भई प्रतिनिधिसभामा विचाराधीन रहेको सो विधेयक फिर्ता गर्न सभाको सहमतिका लागि प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका थिए। संसदीय सर्वोच्चता कायम गर, गोली हान्न पाइँदैन जनता मार्न पाइँदैनलगायतका नारा लगाएका थिए। एमालेको अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनको पत्र पढेर सुनाए। एमाले सांसदहरूले नाराबाजी नरोकेपछि बैठक कात्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...
कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । आज सुन ५ सयले घटेको हो...