२०८२ कार्तिक २३
November 9, 2025, Sunday

भारतमा सात महिनापछिकै सवैभन्दा कम सक्रिय सङ्क्रमित

भारतमा सात महिनापछिकै सवैभन्दा कम सक्रिय सङ्क्रमित

 

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेको सङ्ख्यामा कमी आएको छ । दैनिक सङ्क्रमितको यो संख्या २१४ दिनपछिको सबभन्दा कम भएको केन्दीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अघिल्लो दिन १९ हजार ७४० जना नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १८ हजार १६६ जना नयाँ सङ्क्रमित थपिएका हुन् । भारतमा पछिल्ला केही दिनदेखि दैनिक औसतमा २० हजार नयाँ सङ्क्रमित थपिने गरेको जनाएको छ । भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या पनि सात महिना पछिकै सबैभन्दा कम रहेको जानकारी दिएका छन् । भारतमा अहिले दुई लाख ३० हजार ९७१ जना सक्रिय सङ्क्रमित रहेका छन् । अघिल्लो दिन भने दुई लाख ३६ हजार ६४३ जना रहेका मन्त्रालयका अधिकारीले जनाएका थिए ।

भारतमा पछिल्लो समयमा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढ्दै गइरहेको र नयाँ थपिने सङ्क्रमितको सङ्ख्या घट्दै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि कम हुदै गएको हो । पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या २३ हजार ६२४ रहेको छ ।

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ आश्विन २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP