२०८३ बैशाख ९
April 22, 2026, Wednesday

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिंदै

 

धनुषा : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज (बुधबार) विश्वासको मत लिने भएका छन् ।  विश्वासको मत लिनका लागि प्रदेशसभा अधिवेशन आह्वान गरिएको छ । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) फुटेपछि संविधान अनुसार उनले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । प्रदेश–२ का मुख्यमन्त्री राउतले सहज रूपमै विश्वासको मत प्राप्त गर्ने देखिन्छ । सत्तारुढ जनता समाजवादी पार्टी जसपा विभाजन भएको ३० दिनभित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री राउतले प्रदेशसभामा विश्वासको मत लिने छन् । यता प्रतिपक्षी दलहरुले भने प्रदेशसभाको बैठकमा अवरोध गर्ने जनाइसकेका छन् ।

प्रदेशसभा–२ मा जनता समाजवादी पार्टी नेपालको संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री राउतले सत्ता साझेदार दलहरूका प्रदेशसभा सदस्य संख्याका आधारमा सहजै विश्वासको मत प्राप्त गर्ने छन् । मुख्यमन्त्री राउतले संविधानको धारा १८८ को २ अनुसार विश्वासको मत लिन संसद् बैठक बोलाइएको छ । प्रदेशसभामा १०४ सदस्यीय संख्या प्रदेशसभा सदस्य छन् ।

प्रदेशसभामा जसपाका ३९, कांग्रेसका १९, एकीकृत समाजवादीका १३, माओवादी केन्द्रका आठ र रिजवान अन्सारी नेतृत्वको नेपाल सङ्घीय समाजवादी पार्टीका एक गरी जम्मा ८० सदस्यको मुख्यमन्त्री राउतलाई समर्थन रहने देखिएको छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन २०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP