२०८२ मंसिर २४
December 10, 2025, Wednesday

सीमामै ठगिन्छन् नेपाली

सीमामै ठगिन्छन् नेपाली

नेपालीहरुको महान चाड दशैं मनाउनका लागि भारतबाट नेपाल आउनेहरु सिमा नाकामा ठगिन थालेका छन् । भारतबाट ज्यादादारी तथा चौकीदारी गरेर नेपाल आउँदा बाँकेको नेपालगञ्जस्थित रुपौडिया नाका रिक्साचालक, भारतीय सुरक्षाकर्मी, नेपाली सुरक्षाकर्मी, होटल व्यवसायी र गाडीका दलालले ठग्ने र लुट्ने गरेको गुनासो गर्छन यात्रुहरु ।

भारतबाट नेपाल आउने नागरिकहरु बर्षेनी ठगिने र लुटिने क्रम बढेको भएको पनि दुबै देशका सरकार तथा सुरक्षाकर्मीले चासो भने दिएका छैनन् ।

रुपौडियामा भारतीय तथा नेपाली सुरक्षाकर्मीको मिलेमतोमा नै ठग्ने गरेको भारतको हिमाञ्चलमा स्याउ टिप्ने र बोक्ने मजदुरी गर्दै आइका सुर्खेत लेकबेसी नगरपालिका–५ का जनक बिकले बताए । ‘एउटा रिक्सा चालकले हामी १० जनालाई सीमापारी रुपैडिहाबाट नेपालगञ्जसम्मको रिक्सा भाडा प्रतिव्यक्ति ५ सय भारतीय रुपैयाँ भाडा लग्यो,’ उनले भने,‘एसएसबीको बैरियरमा उतारेर रिक्सा चालक भाग्यो । एसएसबीलाई हामीलाई ठगेर भागेको भन्दा उनीहरुले कुनै कारवाही नै गरेनन् ।’

यात्रुलाई नाकामै नेपालगञ्ज का नेपालि तथा भारतीय होटलवाला, रिक्सा चालक साथै अन्य व्यक्तिहरु भारी बिसाउँन नपाउद्दै आफुहरुलाई यता जाउँ उता जाउँ भनेर तानातान गर्ने गरेको बताउदै ‘सबै मिलेर आफुहरुलाई दुख दिने गरेको गुनासो गर्छन।

Related News

धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
धुलिखेलमा उन्नत ड्रोन प्रविधि कार्यशाला : चिनियाँ उड्डयन विज्ञहरूको सहभागिता
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपालको बढ्दो ड्रोन तथा उड्डयन प्रविधि क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्ने उद्देश्यसहित ड्रोन हब नेपाल...

आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजानकि गरेको छ । जसनुसार अमेरिकी डलर...

समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
समतामूलक समृद्धिका लागि नयाँ राजनीतिक मोडेल आवश्यक : बस्नेत
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन मंसिर २२, काठमाण्डौं धनगढी । गतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र बहादुर बस्नेतले देशलाई समतामूलक समृद्धितर्फ उन्मुख गराउन...

TOP