काठमाण्डौं : मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता साझेदार पाँच दलको बैठक भर्खरै सकिएको छ ।
बैठकमा सरकार विस्तारबारे छलफल भए पनि ठोस सहमति जुट्न नसक्दा मन्त्रिपरिषद विस्तार अझै केही दिन नहुने भएको छ । तर पर्सि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने सत्तारुढ दलहरुले बताएका छन् । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवाद पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी हुनुहुन्थ्यो । यसअघि सोमबार बिहान बालुबाटारमै बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषद्लाई चाडो पूर्णता दिने सहमति गरेको थियो ।
सत्ता गठबन्धनमा रहेका दलहरुले पहिला मन्त्रालयको भागबण्डा टुंग्याउन प्रधानमन्त्री देउवासँग माग गरिरहेका छन् । तर प्रधानमन्त्री देउवाले भने मन्त्री हुनेको नाम दिन दलहरूसँग आग्रह गरिरहेका छन् । गठबन्धनमा पहिला भएको सहमति अनुसार ६, ६ वटा मन्त्रालय भागबण्डा गर्ने भए पनि पछिल्लो समय सांसद संख्याको आधारमा भाग लगाउने काँग्रेस र माओवादी केन्द्रका नेताहरुको प्रस्तावमा नेकपा एकीकृत समाजवादी र जसपाका नेताहरु सहमतिबाट पछि हट्न नहुने कुरामा जोड दिएकाले अझै सहमति जुट्न सकेको छैन ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...