दैलेख जिल्ला कर्णाली प्रदेशमा प्रर्ने एक मध्य पहाडी जिल्ला हो जसमा मुख्य पर्यटकीय स्थाको रुपमा थुप्रै प्राचिन देवलहरु को पाइन्छन । यो जिल्लाको सदरमुकाम दैलेख बजार हो। दैलेखको पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्ल्लाका वीचमा रहेको एक रमणीय जिल्ला हो । भैगोलिक रूपमा विकट रहेतापनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ ।

देवल माटोको प्रयोग नगरेर खाली कलात्मक ढुङ्गाहरूबाट निर्माण गरिएका सामुहिक एकल र पाँचको संख्यामा रहेका अग्ला मन्दिर आकारका ऐतिहासिक सभ्यतालाई दर्साउने अवशेषहरु हुन् । यस्ता देवलहरू नुवाकोटदेखी पश्चिम र उत्तर भारतको कुमाउँ गढवाल पूर्वको भु-भागमा मात्र प्राप्त भएका छन् । जस मध्ये देवलहरू सबैभन्दा बढी दैलेख जिल्लामा भेटियाका छन् । यी देवलहरूलाइ निहालेर हेर्दा हिन्दु धर्म र बौद्ध धर्मलाई समान रूपमा ग्रहण गरेको देखिन्छ । देवलहरूको उपस्थितीले समग्रमा तत्कालिन कर्णाली प्रदेशको प्रभाव क्षेत्रलाई प्रतिनी धित्व गरिरहेको छ। तिथिमिति उल्लेख गरिएका देवलहरूको विश्लेषण गर्दा यस प्रकारका देवलहरू निर्माण गर्ने परम्परा सिंजा साम्राज्यको स्थापनासँगै विकास भएर उक्त शासनकालको अन्तसँगै समाप्त भएको देखिन्छ।

दैलेख जिल्ला सिंजा साम्राज्यको केन्द्रविन्दु भएकोले नै सबै भन्दा बढी देवलहरूको संख्या फेला परेको अनुमान गर्न सकिन्छ । यस्ता देवलहरूको अस्तित्वले दैलेख जिल्लाको तत्कालिक समाजिक महत्त्वलाई दर्साउछन् र पर्यटन सम्भाबना लाई बलियो बनाउछ । यी देवलहरूलाई महाभारतको कालमा पाण्डवहरूले बनाएका हुन् भन्ने जनविश्वास रहेको छ।

सबै देवलहरू कडा प्रकारको कालो ढुङ्गाद्वारा शिखरशैलीमा समान प्रकारले निर्माण गरिएका छन्। देवल निर्माणमा प्रयोग भएका ढुङ्गाको बाहिरी भाग विभिन्न कलात्मक आकारमा कुँदिएका छन। देवलहरू के कामको लागि निर्माण गरिएका थिए र यिनको उपयोगिता के हो भन्ने बारे आजसम्म कुनै पनि अभिलेखहरू प्राप्त भएका छैनन्।

दैलेख जिल्लामा भएका देवलहरु
भूर्तिमा रहेका २२ देवलहरू
रावतकोटमा रहेका देवलहरू
रानीवनमा रहेका देवलहरू
किमुगाउँका देवलहरू
किमुगाउँको एकल देवल
कुइकानाका पञ्चदेवल
कुइकानाका जोडा देवल
भूर्तीका पञ्च देवल
दुल्लु पटाङ्गनीका जोडा देवल
दुल्लु उपरीचैत्य धाराको मुढे देवल
रावतकोटका पञ्चदेवल
लम्जीका पञ्चदेवल
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...