काठमाण्डौं : दसैं नजिकिएसंगै सुनको मूल्य निरन्तर उकालो लाग्न थालेको छ । सोमबार छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ कायम भएकोमा साताको तेस्रो दिन मंगलबार पाँच सय रुपैयाँले बढेर ९० हजार ३०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार छापावाल सुन प्रति १० ग्राम ७७ हजार ४२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ८५० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी प्रति १० ग्राम ७७ हजार ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य भने प्रतितोला एक हजार १६० रुपैयाँ कायम भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...