२०८३ बैशाख ९
April 22, 2026, Wednesday

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

प्रधानन्यायाधीश जबराले बोलाए ‘फुलकोर्ट’

 

कामाण्डौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट ) बोलाएका छन् । सर्वोच्च अदालतले कुनै गम्भीर विषयमा सामूहिक निर्णय लिनुपर्ने अवस्थामा फूलकोर्टमा छलफल गर्ने प्रचलन अनुसार मंगलबार दिउँसो १ बजेपछि बैठक बस्ने भएको हो ।

एकपछि अर्को विवादमा मुछिंदै गएपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्ण बैठक बोलाएका हुन । मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशले भाग खोजेको समाचार सार्वजनिक भएपछि चौतर्फी दबावमा परेको न्यायिक नेतृत्व फुलकोर्ट बोलाएर आफू यो प्रकरणमा नमुछिएको स्पष्ट सन्देश दिने उद्देश्यले बैठक बस्न लागेको हो । यद्धपी सर्वोच्च अदालतले हिजै एक विज्ञप्ती जारी गर्दै प्रधानन्यायाधीश जबराले मन्त्रिमण्डलमा भाग खोजेको भन्ने समाचारमा कुनै सत्यता नभएको भन्दै स्पष्ट पारिसकेको छ ।

आज बस्ने भनिएको बैठकमा दसैं अवधिमा मुद्वा सुनवाइ गर्ने न्यायाधीशहरूको नामसमेत तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP