२०८२ कार्तिक २८
November 14, 2025, Friday

साफ च्याम्पियनसिप:नेपाल आज श्रीलंकासँग भिड्दै

साफ च्याम्पियनसिप:नेपाल आज श्रीलंकासँग भिड्दै

 

काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आज हुने खेलमा नेपाल र श्रीलंका भिड्दै छन्। मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बाट नेपाल र श्रीलंकाबीचको खेल सुरु हुनेछ।

यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएको थियो । ८६औं मिनेटमा मनिष डाँगीले गोल गरेपछि साफमा नेपालले माल्दिभ्सलाई पहिलोपल्ट पराजित गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ ।नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो ।

साफ च्याम्पियनसिपमा सहभागी ५ टोलीलाई राउण्ड रोविन प्रणालीबाट प्रतिस्पर्धा गराइएको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पनि पुग्न सकेको छैन । आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।

 

 

 

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ आश्विन १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP