काठमाडौं : माल्दिभ्समा जारी १३ औं साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आज हुने खेलमा नेपाल र श्रीलंका भिड्दै छन्। मालेस्थित नेशनल फुटबल स्टेडियममा नेपाली समयअनुसार राति ९:४५ बाट नेपाल र श्रीलंकाबीचको खेल सुरु हुनेछ।
यसअघि नेपालले पहिलो खेलमा घरेलु टोली माल्दिभ्सलाई १–० ले हराएको थियो । ८६औं मिनेटमा मनिष डाँगीले गोल गरेपछि साफमा नेपालले माल्दिभ्सलाई पहिलोपल्ट पराजित गरेको थियो । श्रीलंकाविरुद्ध पनि त्यही नतिजालाई कायम राख्दै सुखद नतिजा ल्याउने नेपालको लक्ष्य छ । श्रीलंका भने उद्घाटन खेलमा बंगलादेशसंग १-० ले नै पारजित भएको थियो । त्यसैले नेपालविरुद्ध उनीहरु सकरात्मक नतिजा निकाल्नका लागि खेल्दैछ ।नेपालले श्रीलंकासँग पछिल्लो पटक सन् २०१६ मा बंगलादेशमा भएको बंगबन्धु कपमा खेलेको थियो ।
साफ च्याम्पियनसिपमा सहभागी ५ टोलीलाई राउण्ड रोविन प्रणालीबाट प्रतिस्पर्धा गराइएको छ । नेपाल अहिलेसम्म साफ च्याम्पियनसिपको फाइनलमा पनि पुग्न सकेको छैन । आजै भारतले आफ्नो पहिलो खेल खेल्दैछ । भारत र बंगलादेशबीच खेल दिउँसो ४:४५ बजे सुरु हुनेछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...