बिगत लामो समय देखि मध्यपश्चिम विश्वविद्यालय र नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घबीच भयका आन्दोलनका कार्यक्रम फिर्ता लिन आठबुँदे सहमति भएको छ । विश्वविद्यालय उच्चस्तरीय समस्या समाधान समिति र आन्दोलनरत प्राध्यापकबीच हिजो शुक्रबार साँझ वार्ता भएको हो ।
विश्वविद्यालय वार्ता टोलीका सदस्य उपप्राध्यापक विष्णुकुमार खड्काका ले विश्वविद्यालयअन्तर्गतका विभिन्न निकायका रिक्तपदमा सबै पक्षलाई अपनत्व हुने पदपूर्ति गर्नुपर्ने, आंशिक प्राध्यापकलाई सेवागत ज्येष्ठता, विषयगत आवश्यकता तथा कार्यभारका आधारमा र करार प्राध्यापकलाई दरबन्दी सिर्जना गरी स्थायी प्रक्रिया थाल्न एघारौँ सभा सम्पन्न भएपछि ४५ दिनभित्र कार्यविधि निर्माण गर्ने सहमति भएको जानकारी दिनु भएको छ ।
त्यसै गरि प्राध्यापक तथा कर्मचारीको निवृत्तिभरण र उपदानका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर नियमावली र कार्यविधि पारित गर्ने, करार जनशक्तिको प्रोत्साहनस्वरुप नियमित तलब भत्ता समेट्ने गरी दररेट तोकी कार्यविधिमा स्पष्ट खुलाई तहगतरुपमा प्राप्त गर्ने गरी प्रक्रिया अघि बढाइने भएको छ ।
वार्तामा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक संघ मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय समितिका अध्यक्ष रुपेश खत्री, उपाध्यक्ष छवि भण्डारी, कोषाध्यक्ष हरेन्द्र केसी लगाएत सहभागी थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...