‘हुक एण्ड ड्रप’ प्रणाली रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढाउनका लागि सञ्चालनमा ल्याइने भएको छ ।
रसुवागढी नाका हुदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चिनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ ।
हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा आएमा नाकाबाट आयातमा वृद्धि हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । यस अघि चिनियाँ टेलरले ल्याएको सामग्री नेपालीले नाकाबाट अर्को गाडीमा हालेर ल्याउन पर्ने थियो,’ उहाँले भन्नुभयो, ‘हुक एण्ड ड्रप प्रणाली सुरु भएपछि आएको सामग्री नेपाली टेलर हेड जोडेर यार्डसम्म ल्याउन सकिन्छ ।’
ल्हासाबाट रसुवागढी नाकासम्म सामग्री आउने भएपनि नाका वारीसम्म मात्र ल्याउँदा सामग्रीको आयात बढ्न नसकेकोले उक्त प्रणाली सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीले बताएका छन् । नाका वारीसम्म सामग्री ल्याएर झार्दा सामग्री हराउने, बिग्रने, बढी समय लाग्ने लगायतका समस्या आइरहेको निर्देशक सोनाम वाङ्दी लामाले बताउनुभयो । सुरुमा ५ वटा टेलरमा सामग्री आइरहेकोमा अहिले दैनिक ९ वटामा सामग्री आइरहेको छ । २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...