२०८३ बैशाख ९
April 22, 2026, Wednesday

रसुवागढी बाट ‘हुक एण्ड ड्रप’ प्रणालीको सुरुवात

रसुवागढी बाट ‘हुक एण्ड ड्रप’ प्रणालीको सुरुवात

‘हुक एण्ड ड्रप’ प्रणाली रसुवागढी नाकाबाट चिनियाँ सामग्रीको आयात बढाउनका लागि सञ्चालनमा ल्याइने भएको छ ।

रसुवागढी नाका हुदै अहिले नेपाल तर्फ रेडिमेड कपडा, इलेक्ट्रोनिक लगायतका सामाग्रीहरु भित्रिने गरेको छ भने नेपालबाट केरुङ तर्फ हस्तकलाका सामाग्रीहरु जाने भएपनि कोरोना संक्रमण सुरु भएयता चिनले एकतर्फी मात्र नाका खुल्ला गरेसँगै नेपालबाट हुने निर्यात भने शून्य छ । २०७१ मंसिर १५ देखि रसुवागढी नाका विधिवत रूपमा सञ्चालनमा आएको हो । भूकम्पपछि रसुवागढी र तातोपानी नाका बन्द भएको थियो तर रसुवागढी नाका २०७२ मंसिरदेखि पुन संचालनमा आयो । चीनबाट हुने धेरैजसो आयात यो नाकाबाट २०७२ मंसिरदेखि हुँदै आएको छ ।

हुक एण्ड ड्रप’ प्रणाली सञ्चालनमा आएमा नाकाबाट आयातमा वृद्धि हुने रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो । यस अघि   चिनियाँ टेलरले ल्याएको सामग्री नेपालीले नाकाबाट अर्को गाडीमा हालेर ल्याउन पर्ने थियो,’ उहाँले भन्नुभयो, ‘हुक एण्ड ड्रप प्रणाली सुरु भएपछि आएको सामग्री नेपाली टेलर हेड जोडेर यार्डसम्म ल्याउन सकिन्छ ।’

ल्हासाबाट रसुवागढी नाकासम्म सामग्री आउने भएपनि नाका वारीसम्म मात्र ल्याउँदा सामग्रीको आयात बढ्न नसकेकोले उक्त प्रणाली सञ्चालनमा ल्याउनुपर्ने व्यवसायीले बताएका छन् । नाका वारीसम्म सामग्री ल्याएर झार्दा सामग्री हराउने, बिग्रने, बढी समय लाग्ने लगायतका समस्या आइरहेको निर्देशक सोनाम वाङ्दी लामाले बताउनुभयो । सुरुमा ५ वटा टेलरमा सामग्री आइरहेकोमा अहिले दैनिक ९ वटामा सामग्री आइरहेको छ । २०७६ माघयता नाकाबाट आयात निकै कम भएको छ । २०७६ माघ १५ गतेदेखि २०७७ जेठ तेस्रो सातासम्म नाका बन्द गरिएको थियो । अहिले एकतर्फी रूपमा नाका सञ्चालन भइरहेको छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP