काठमाण्डौं : शनिवार नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन हुँदैछ। देशकै राजधानी रहेको काठमाडौं महानगरको नगर अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।
काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नेपाली काँग्रेसको नगर अधिवेशन हुँदै छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले शनिबार अधिवेशन नहुने काठमाडौँका निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
दक्षिणकालीको मोहन बस्नेत सभापतिका उम्मेदवार देखिएका छन् । दक्षिणकालीका मेयर समेत रहेका उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहका श्याम कार्कीले बस्नेतलाई समर्थन गरेपछि उनी सर्वसम्मत सभापति बन्ने देखिएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ ।
वर्तमान नगर सभापति घनश्याम गिरीलाई दोहोर्याउन संस्थापन र इतर पक्ष तयार भएको छ। बाँकी ८ वटा नगरपालिकामा चुनाव हुँदै छ । काठमाडौँमा वर्तमान सभापति शेरबहादुर देउवा र सभापतिका दाबेदार प्रकाशमान सिंहको समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँमा जबरजस्त उपस्थिति भएका प्रकाशमान सिंहलाई नेता गगन थापाको साथ छ । कृष्णप्रसाद सिटौला समूहका छोडेका थापाले काठमाडौमा सिंहसँग बलियो साझेदारी गरेको देखिन्छ ।
यता सिटौला समूहका नेता भीमसेनदास प्रधानले भने सभापति देउवा समूहलाई सहयोग गरेका छन् । नेताहरुका अनुसार काठमाडौँमा अन्य पार्टीबाट काँग्रेसमा आएका अधिकांशले देउवा–सिटौला पक्षलाई साथ दिएको अवस्था छ । काठमाडौँका पूर्व जिल्ला सभापतिसमेत रहेका प्रधानको प्रभाव राम्रो मानिन्छ । नवप्रवेशी र प्रधानको साथमा सिंह–थापा समूहलाई चुनौती दिने देउवा पक्षको रणनीति छ । तर थापा आफूसँग जोडिएपछि आफ्नो समूह थप बलियो भएको सिंह पक्षको बुझाइ छ ।
काठमाडौँ महानगरमा सभापतिका लागि देउवा–सिटौला पक्षले प्रगतिमान रञ्जित र सिंह–थापा पक्षले नीलकाजी शाक्यबीच प्रतिस्पर्धा छ । शंखरापुरमा देउवा–सिटौला पक्षका सत्यमान लामा र सिंह–थापा समूहका दीलिपकुमार श्रेष्ठबीच भिडन्त हुँदै छ । कागेश्वरी मनोहरा नगरपालिकामा देउवा – सिटौला प्यानलबाट उद्धव थापा र सिंह थापा समूहबाट मिठाराम दाहालको चुनावी मैदानमा छन् । गोकर्णेश्वरमा देउवा– सिटौला पक्षबाट रामजी श्रेष्ठ र सिंह–थापा समूहबाट कुमार लामा चुनाव प्रतिस्पर्थामा छन् । बुढानीलकण्ठमा देउवा–सिटौला समूहले राजु थापा र सिंह–थापाले राजाराम बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।
तारकेश्वर नगरपालिकाको नगर सभापतिमा देउवा–सिटौला समूहबाट कृष्णहरि महर्जन उम्मेदवार छन् भने सिंह थापा समूहकोे श्रीराम थापालाई समर्थन छ । टोखा नगरपालिकाको नगर सभापतिमा देउवा–सिटौला समूहबाट ओमकृष्ण विमली चुनावी प्रतिस्पर्धामा छन् । यस्तै सिंह र थापा समूहबाट दीपक जोशीको उम्मेदवारी छ । नागार्जुन नगरपालिकामा भने सिंह–थापा समूहबीच नै प्रतिस्पर्धा देखिएको छ । अच्युत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत युनाइटेड अरब इमिरेट्स (यूएई) मा भएको त्रिदेशीय शृंखलामा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, काठमाण्डौं सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना २५ दिने निःशुल्क ‘बरिष्टा...
कोशीपारी अनलाइन संवाददाता कात्तिक १९, बर्दिया बर्दियामा धान काट्न कम्पाइन हार्भेस्टरको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु...