२०८३ बैशाख ४
April 17, 2026, Friday

काठमाडौँमा काँग्रेस नगर अधिवेशन हुदै , कहाँ को – को बीच भिडन्त

काठमाडौँमा काँग्रेस नगर अधिवेशन हुदै , कहाँ को – को बीच भिडन्त

 

काठमाण्डौं : शनिवार नेपाली कांग्रेस काठमाडौंको नगर अधिवेशन हुँदैछ। देशकै राजधानी रहेको काठमाडौं महानगरको नगर अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ।

काठमाडौँका ११ वटा नगरपालिका मध्ये १० वटामा शनिबार नेपाली काँग्रेसको नगर अधिवेशन हुँदै छ । दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन नै बाँकी रहेकाले शनिबार अधिवेशन नहुने काठमाडौँका निर्वाचन अधिकृत नरहरि आचार्यले जानकारी दिए । संघीय राजधानी समेत रहेको काठमाडौंका अधिकांश पालिकामा मतदानबाटै नेतृत्व चयन हुने देखिन्छ । पार्टीको केन्द्रमा प्रष्ट तीन गुट देखिएपनि काठमाडौंमा भने दुई समूहबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दक्षिणकालीको मोहन बस्नेत सभापतिका उम्मेदवार देखिएका छन् । दक्षिणकालीका मेयर समेत रहेका उनी प्रकाशमान सिंह निकट हुन् । संस्थापन समूहका श्याम कार्कीले बस्नेतलाई समर्थन गरेपछि उनी सर्वसम्मत सभापति बन्ने देखिएको छ । त्यस्तै चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने देखिएको छ ।

वर्तमान नगर सभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार भएको छ। बाँकी ८ वटा नगरपालिकामा चुनाव हुँदै छ । काठमाडौँमा वर्तमान सभापति शेरबहादुर देउवा र सभापतिका दाबेदार प्रकाशमान सिंहको समूहबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । काठमाडौँमा जबरजस्त उपस्थिति भएका प्रकाशमान सिंहलाई नेता गगन थापाको साथ छ । कृष्णप्रसाद सिटौला समूहका छोडेका थापाले काठमाडौमा सिंहसँग बलियो साझेदारी गरेको देखिन्छ ।

यता सिटौला समूहका नेता भीमसेनदास प्रधानले भने सभापति देउवा समूहलाई सहयोग गरेका छन् । नेताहरुका अनुसार काठमाडौँमा अन्य पार्टीबाट काँग्रेसमा आएका अधिकांशले देउवा–सिटौला पक्षलाई साथ दिएको अवस्था छ । काठमाडौँका पूर्व जिल्ला सभापतिसमेत रहेका प्रधानको प्रभाव राम्रो मानिन्छ । नवप्रवेशी र प्रधानको साथमा सिंह–थापा समूहलाई चुनौती दिने देउवा पक्षको रणनीति छ । तर थापा आफूसँग जोडिएपछि आफ्नो समूह थप बलियो भएको सिंह पक्षको बुझाइ छ ।

काठमाडौँ महानगरमा सभापतिका लागि देउवा–सिटौला पक्षले प्रगतिमान रञ्जित र सिंह–थापा पक्षले नीलकाजी शाक्यबीच प्रतिस्पर्धा छ । शंखरापुरमा देउवा–सिटौला पक्षका सत्यमान लामा र सिंह–थापा समूहका दीलिपकुमार श्रेष्ठबीच भिडन्त हुँदै छ । कागेश्वरी मनोहरा नगरपालिकामा देउवा – सिटौला प्यानलबाट उद्धव थापा र सिंह थापा समूहबाट मिठाराम दाहालको चुनावी मैदानमा छन् । गोकर्णेश्वरमा देउवा– सिटौला पक्षबाट रामजी श्रेष्ठ र सिंह–थापा समूहबाट कुमार लामा चुनाव प्रतिस्पर्थामा छन् ।​ बुढानीलकण्ठमा देउवा–सिटौला समूहले राजु थापा र सिंह–थापाले राजाराम बुढाथोकीलाई उम्मेदवार बनाएको छ ।

तारकेश्वर नगरपालिकाको नगर सभापतिमा देउवा–सिटौला समूहबाट कृष्णहरि महर्जन उम्मेदवार छन् भने सिंह थापा समूहकोे श्रीराम थापालाई समर्थन छ । टोखा नगरपालिकाको नगर सभापतिमा देउवा–सिटौला समूहबाट ओमकृष्ण विमली चुनावी प्रतिस्पर्धामा छन् । यस्तै सिंह र थापा समूहबाट दीपक जोशीको उम्मेदवारी छ । नागार्जुन नगरपालिकामा भने सिंह–थापा समूहबीच नै प्रतिस्पर्धा देखिएको छ । अच्युत पाण्डे र दुर्गा गौतमबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

 

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP