काठमाण्डौं : नेकपा एमालेको विधान महाधिवेशनमा उपमहासचिव पद नराख्ने प्रस्ताव गरिएको छ । विधान महाधिवेशनमा पेस गरिएको विधान संशोधन प्रस्तावमा यसअघि व्यवस्था भएको उपमहासचिव नराख्ने गरी हेरफेर गरिएको हो।
यसअघि १४ जना पदाधिकारी रहेका भए पनि अब १३ जना रहनेछन्। जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिव रहनेछन्। केन्द्रीय कमिटीमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था गरिएको छ। कुल दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन्।
ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको दस्तावेजमा उपमहासचिव नरहने प्रस्ताव रहेको छ ।एमालेको नवौँ महाधिवेशनबाट उपमहासचिवमा विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए ।
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...
कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...