२०८३ बैशाख ९
April 22, 2026, Wednesday

एमालेले उपमहासचिवको व्यवस्था हटाउने

एमालेले उपमहासचिवको व्यवस्था हटाउने

 

काठमाण्डौं : नेकपा एमालेको विधान महाधिवेशनमा उपमहासचिव पद नराख्ने प्रस्ताव गरिएको छ । विधान महाधिवेशनमा पेस गरिएको विधान संशोधन प्रस्तावमा यसअघि व्यवस्था भएको उपमहासचिव नराख्ने गरी हेरफेर गरिएको हो।

यसअघि १४ जना पदाधिकारी रहेका भए पनि अब १३ जना रहनेछन्। जसमा एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव, ६ सचिव रहनेछन्। केन्द्रीय कमिटीमा कम्तीमा एकतिहाइ महिला रहनुपर्ने व्यवस्था गरिएको छ। कुल दुई सय २५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित हुनेछ। प्रदेश कमिटीका अध्यक्षहरू केन्द्रीय कमिटीका पदेन सदस्य रहनेछन्।

ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूलाई वितरण गरिएको दस्तावेजमा उपमहासचिव नरहने प्रस्ताव रहेको छ ।एमालेको नवौँ महाधिवेशनबाट उपमहासचिवमा विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल निर्वाचित भएका थिए ।

 

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP