२०८३ बैशाख १७
April 30, 2026, Thursday

आज पनि शेयर बजार ओरालो लाग्यो, ७३ लाख कित्तामात्रै किनबेच

आज पनि शेयर बजार ओरालो लाग्यो, ७३ लाख कित्तामात्रै किनबेच

काठमाण्डौं : ३ दिन लगातार घटेर बुधबार ५० अंकले बढेको शेयर बजार बिहीबार पुन ओरालो लागेको छ । शेयर कारोबार मापक नेप्से परिसूचक ३२.५१ अंकले घटेर २ हजार ६ सय ३३।४२ अंकमा झरेको छ ।

त्यस्तै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.४१ अंकले घटेको छ । नेप्से परिसूचक भन्दा पनि शेयर कारोबार रकम सुस्ताएको छ । एकैदिन २२ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको नेपाली शेयर बजारमा बिहीबार ३ अर्ब ७० करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

शेयर बिक्रीको चाप नदेखिदा शेयर कारोबार रकम घटेको हो । निकै घाटा बेहोरिसकेका लगानीकर्ताहरु थप घाटा हुन नदिन शेयर बिक्री गर्न तयार छैनन् । यसले बिहीबार जम्मा ४९ हजार ८ सय ३५ वटामात्रै कारोबार भएको छ । २५ कम्पनीको ७३ लाख २१ हजार १४ कित्तामात्रै शेयर किनबेच भएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP