२०८३ बैशाख ७
April 20, 2026, Monday

दशैं नजिकिँदै गर्दा सुनको भाउ सस्तियो, आज तोलामा कति ?

दशैं नजिकिँदै गर्दा सुनको भाउ सस्तियो, आज तोलामा कति ?

 

दशैं नजिकिँदै गर्दा नेपाली बजारमा सुनको मुल्य ३ दिन देखी घट्दै आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको मंगलबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि घटेको जानकारी दिएको हो।

८९ हजार ३०० रुपैयाँ रहेको सुनको मूल्य सोमबारपछि निरन्तर रुपमा घट्दै आएको छ। मंगलबार तोलामा ३००, बुधबार १०० र आज विहीबार २०० ले सुनको मुल्य घटेको छ । हिजो बुधबार छापावाल सुन प्रतितोला ८८ हजार ९०० र तेजाबी सुनको मूल्य ८८ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोलामा २०० रुपैयाले घटेर ८८ हजार ७०० रुपैयाँमा कायम भएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँ तोकिएको छ।

यसैगरी, बिहिबार चाँदीको मूल्य प्रतितोलामा ३५ रुपैयाँले घटेको छ। हिजो तोलामा ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज प्रतितोला ११ सय २० रुपैयाँमा आइपुगेको महासंघ जानकारी दिएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP