काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा सर्वदलीय बैठक शुरू भएको छ । संघीय संसदमा जारी अवरोध अन्त्यका लागि देउवाले सर्वदलीय बैठक आह्वान गरे पनि नेकपा एमाले भने सहभागी नभएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
बैठकमा संसद् सञ्चालनमा देखिएको अवरोध हटाउने, मन्त्रिपरिषद्लाई पूर्णता दिनेलगायत विषयमा छलफल हुने बताइएको छ। बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, काननुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव बेदुराम भुसाल सहभागी छन्। जनता समाजवादी पार्टी जसपा नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टी लोसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो, राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेल तथा नेपाल मजदुर किसान पार्टी प्रेम सुवाल पनि बैठकमा सहभागी छन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...