२०८३ बैशाख ९
April 22, 2026, Wednesday

सभामुख सापकोटाविरुद्धको मुद्दामा फेरि सुनुवाइ स्थगित

सभामुख सापकोटाविरुद्धको मुद्दामा फेरि सुनुवाइ स्थगित

 

काठमाडौँ : सभामुख अग्निप्रसाद सापकोटाले २०६८ सालमा दायर गरेको मुद्दामा सर्वोच्च अदालतमा बुधबार पनि सुनुवाइ हुन सकेन ।

सूचना तथा सञ्चार मन्त्री रहेका बेला सापकोटाले पत्रकार कनकमणि दीक्षितविरुद्ध दायर गरेको अदालतको अवहेलना मुद्दा बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा रहेको संवैधानिक इजलासमा तोकिएको थियो ।तर उक्त मुद्दा न्यायाधीश हरिकृष्ण कार्कीले हेर्न नमिल्ने भएका कारण सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए । सापकोटा विरुद्धको अदालतको अवहेलना र द्वन्द्वकालीन मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुने गरी पेशीमा चढेको थियो ।

माओवादी द्वन्द्वका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा २०६८ सालमा मुद्दा परेको थियो । उक्त मुद्दा के कारणले हेर्न नमिल्नेमा राखिएको हो भन्ने केही आदेश भएपछिमात्र जानकारी हुने सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP