काठमाडौं : नेपाली कांग्रेसमा पाँच जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । मंगलबार थप तीन जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक भएको हो ।
मंगलबार कैलाली, सर्लाही र धनुषाको क्रियाशील सदस्यता सार्वजनिक भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए । योसँगै ७२ जिल्लामा क्रियाशील सदस्यता विवाद टुंगिएको हो । श्रेष्ठका अनुसार रसुवा, सप्तरी, रौतहट, बारा र पर्साको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ । कांग्रेसमा १४ औं महाधिवेशन अन्तर्गत स्थानीय अधिवेशन भइरहेका छन् । वडा अधिवेशन सम्पन्न ६४ जिल्लामध्ये करिव ६९ जिल्लामा पालिका अधिवेशन सम्पन्न भइसकेका छन् ।
२१ वटा हिमाली जिल्लाको पनि दसैंअघि नै अधिवेशन गर्ने यसअघि नै निर्णय भइसकेको छ । कार्यतालिका भने संशोधन हुन बाँकी छ । यद्यपि, दसैंअघि हिमाली जिल्लाको २१ जिल्लाको अधिवेशन गर्ने पदाधिकारीहरूको निर्णयप्रति संस्थापनइतर पक्षका एक नेता डा.शेखर कोइराला असन्तुष्ट छन् । एकैसाथ अधिवेशन हुनुपर्ने उनको अडान छ । उनी सभापति पदका आकाङ्क्षीसमेत हुन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...