२०८३ बैशाख ५
April 18, 2026, Saturday

घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

घटस्थापनाको दिनबाट फिल्म रिलिज हुने

 

काठमाडौं : कोरोनाका कारण बन्द रहेको फिल्म हल २१ असोज घटस्थापनाको दिनदेखि देशभरका हल खुल्ने भएको छ । अंग्रेजी फिल्म फास्ट एण्ड फ्युरियस ९ प्रदर्शन गर्दै देशभरका हल खुल्ने भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्नु पाउनेछैनन् । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्नेसमेत बताए ।

१८ महिनादेखि बन्द रहेको फिल्म प्रदर्शनलाई सुचारु गर्दा अब उप्रान्त एउटा नेपाली फिल्म प्रदर्शन भएको दुई सातापछि मात्रै अर्को फिल्म प्रदर्शन गर्न पाइने प्रावधान समेत चलचित्र संघले गरेको छ । अबको तीन महिनासम्म स्वदेशी तथा विदेशी फिल्म प्रदर्शन गर्दा हलले निर्मातालाई पहिलो सातामा ५५ प्रतिशत र दोस्रो सातामा ५० प्रतिशत सेयर रकम भुक्तानी समेत गर्नेछ । संघले नेपाली फिल्मको प्रदर्शन मिति तोकिएको समयमा विदेशी फिल्म प्रदर्शन नगर्ने समेत जानकारी दिएको छ ।

 

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP