काठमाण्डौं : नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा दसैँअगाडि जिल्ला तहको अधिवेशन सक्ने गरी काम अगाडि बढाएको छ। हिमाली जिल्लाहरूमा निर्धारित कार्यतालिकाअनुसार जिल्ला तहसम्मको निर्वाचन सम्पन्न गर्ने निर्णयअनुसार केन्द्रीय निर्वाचन समितिले तयारी अघि बढेको हो।
समिति सदस्य तेजबहादुर रावलका अनुसार निर्वाचनका लागि २१ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको छ। त्यस्तै समितिले कार्यतालिकाअनुसार हुन नसक्ने अवस्था देखिएमा जिल्ला सभापति र जिल्ला निर्वाचन अधिकृतले निर्वाचन समितिलाई जानकारी गराउन निर्देशन दिएको छ। निर्वाचन हुन नसकेमा जिल्लाका हकमा प्रकाशित हुने कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गरिने समितिले जनाएको छ।
निर्वाचनको तयारी गरिएका सूचीकृत हिमाली जिल्लाहरुमा ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालिकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, रामेछाप, गोरखा, रुकुम पूर्व र म्याग्दी रहेका छन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...